फोटो पत्रकार उमेश पुन सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत
पाेखरा | भदौ ३०, २०८०
पोखरा: सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस वर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत भएका छन् ।
आहारारा गोल्डकप आयोजक सहारा क्लबले दिँदै आएको पुरस्कार यस वर्ष फोटो पत्रकार पुनले पाएका हुन् ।
पुनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य,सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगायतले नगद २५ हजार पाँच सय ५५ रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरे ।
पुन डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् ।
हाल उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध छन् ।
कार्यक्रममा मेयर धनराज आचार्यले सहारा क्लब र यसले आयोजना गर्ने आरारारा गोल्ड कप पोखराको पहिचान बनेको उल्लेख गरे ।
यो पुरस्कारबाट यसअघि नारायण शाही, दीपक परियार, ईन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भइसकेका छन् ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

